आइपीएलको उपाधि चेन्नईलाई - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आइपीएलको उपाधि चेन्नईलाई

जेठ १६, काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) २०२३ को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ ।

 

सोमबार राति अहमदाबादमा सम्पन्न फाइनलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा पाँच विकेटले हराउँदै आइपीएलको उपाधि चेन्नईले जितेको हो ।

चेन्नईले पाँचौं पटक आइपीएलको उपाधि जितेसँगै मुम्बई इन्डियन्सले सर्वाधिक पाँच पटक उपाधी जितेर बनाएको कीर्तिमानसँग बराबरी बनाएको छ ।

 

गुजरातले दिएको २ सय १५ रनको लक्ष्य पछ्याएको चेन्नईले ब्याटिङ सुरु गरेको पहिलो ओभरमा भारी वर्षा भएपछि खेल रोकिएको थियो ।

लामो समय रोकिएको खेल पाँच ओभर घटाएर सुरु गरिएको थियो । र, चेन्नईले १ सय ७१ रनको नयाँ लक्ष्य पाएको थियो ।

 

नयाँ १ सय ७१ रनको लक्ष्य चेन्नईले निर्धारित १५ ओभरको अन्तिम बलमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

सम्बन्धित खवर