‘ए’ डिभिजन लिग फुटबलको उपाधि चर्च ब्वाइजलाई - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘ए’ डिभिजन लिग फुटबलको उपाधि चर्च ब्वाइजलाई

जेठ २३, काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि नवप्रवेशी क्लब चर्च ब्वाइज युनाईटेडले कव्जा गरेको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा थ्री स्टार क्लबसँग गोलरहित बराबरी खेल्दै चर्च ब्वाइजले एक खेल अगावै उपाधि जितेको हो ।

‘बी’ डिभिजन लिगबाट ‘ए’ डिभिजन लिगमा बढुवा भएकै सिजन चर्च ब्वाइज ‘ए’ डिभिजन लिगको च्याम्पियन बनेको हो ।

नेपाली फुटबलका सर्वाधिक सफल प्रशिक्षक बाल गोपाल महर्जनले प्रशिक्षकको रुपमा पहिलो पटक ’ए’ डिभिजन लिगको उपाधि जितेका हुन् ।

खेलाडीको रुपमा महर्जनले थ्री स्टारबाट एक पटक लिगको उपाधि जितेका थिए ।

सम्बन्धित खवर