साफ च्याम्पियनसिप : नेपाल कुवेतसँग पराजित - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साफ च्याम्पियनसिप : नेपाल कुवेतसँग पराजित

असार ६, काठमाडौं । आजबाट भारतमा शुरु भएको साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपाल पराजित भएको छ ।

आज बुधबार बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा भएको उद्घाटन खेलमा कुवेतसँग ३–१ गोल अन्तरले नेपाल पराजित भएको हो ।

पहिलो पटक साफ खेलिरहेको कुवेतको जितमा कप्तान खालिद हाजिह, शाबैब अल्खाल्दी र मोहमद अब्दुल्लाहले एक एक गोल गरे ।

नेपालका अन्जन विष्टले एक गोल फर्काए । अन्जनको यो नेपालका लागि १२ औं अन्तराष्ट्रिय गोल हो ।

यससँगै साविक उपविजेता नेपालले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । समूह ‘ए’ मा रहेको कुवेतले भने पहिलो खेलमै ३ अंक जोडेको छ ।

यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् । यस संस्करणमा कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा रहेका छन् ।

नेपालले दोस्रो खेलमा शनिबार आयोजक भारतसँग खेल्नेछ भने, तेस्रो तथा समूह चरणको अन्तिम खेलमा १२ असारमा पाकिस्तानविरुद्ध खेल्नेछ ।

सम्बन्धित खवर