बाँदर आतङ्कबाट किसान पीडित - Mangsebung News
  • बुधबार, मङि्सर २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बाँदर आतङ्कबाट किसान पीडित

  • सरिता राई

असार ७, माङसेबुङ । माङसेबुङ गाउँपालिका वडा नम्बर ३ का किसानहरू बाँदरको ज्यादतीबाट हैरान बनेका छन् ।

बारीमा रोपेको मकै पाक्न लाग्दा वडा नम्बर ३ का विभिन्न ठाउँमा बाँदरले दुःख दिने गरेको किसानहरूको गुनासो छ । बाली पाक्न नपाउँदै बाँदरले सखाप पारिदिने कृषक अशोक राई बताउँछन् ।

पूर्णरुपमा बाँदर आतङ्क कसरी नियन्त्रण गर्ने भन्ने कुराले सधैँ पिरोलिरहने अर्का कृषक सन्तकुमार राईको भनाइ छ ।

अन्नबाली पाकेपछि भित्र्याउनका लागि नियमित रूपमा बाली नपाकुन्जेल बाँदर रुघ्न जानु पर्ने उनीहरू सुनाउँछन् । मकै पाक्ने समय हुनै लागका बेला गाउँलेहरु बारीमा मकै रुघ्न र बाँदर धपाउन व्यस्त छन् ।

सम्बन्धित खवर