नेपाल एसीसी यू-१६ ईस्ट जोन कपको फाइनलमा - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल एसीसी यू-१६ ईस्ट जोन कपको फाइनलमा

 


असार १८, काठमाडौं । नेपाल मलेसियामा जारी एसीसी मेन्स यू-१६ ईस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ ।

सोमबार मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा सिंगापुरलाई ९८ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१ दशमलब ३ ओभरमा ८७ रन बनाउँदै अलआउट भयो ।


सिंगापुरका लागि ओपनर रोशन रविचन्द्रनले सर्वाधिक २४ रन बनाए । यस्तै कबिरले ११ रन बनाए ।

सिंगापुरका अन्य ९ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि कृतिक कामतले ३ तथा सन्तोष यादव, अभिषेक तिवारी, नरेन भट्ट, प्रतिक पोखरेल र अशोक धामीले समान १/१ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन बनायो ।

नेपालका ओपनर सुर्यांशु कोईरालाले ४३ रन बनाए । सूर्यांशु हर्ष वेंकटरामको बलमा रियान नैकबाट क्याच आउट हुन पुगे । निरज यादवले ४२ रन बनाए ।


पहिलो विकेट गुमाए पछि भने विकेटकिपर आषिश लुहार ६ रनमै क्याच आउट हुन पुगे । नरेन भट्ट ३ रनमा हरिहरनको बलमा कट एण्ड बोल्ड आउट भए ।

कप्तान अभिषेक तिवारी २५ रनमा आउट भए । मध्यक्रमका ब्याटर सन्तोष यादव १८ तथा प्रतिक भट्टराई १२ रनमा आउट भए । यस्तै दीपु कुमार १२ तथा कृतिक कामत ५ रनमा आउट भए ।

 

सिंगापुरका हरिहरनले ३ तथा हर्ष वेंकटराम र कबिर समान २/२ विकेट लिए ।

जितसँगै नेपालले मंगलबार हुने फाइनल खेलमा मलेसियासँग उपाधीका लागि खेल्नेछ ।

सम्बन्धित खवर