यासोक बजारमा कोसेली घरको आकर्षक पसल - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यासोक बजारमा कोसेली घरको आकर्षक पसल

 

  • पदम सुखी सम्बाहाम्फे

 

असार १९, कुम्मायक । पाँचथर जिल्लाको दक्षिणी भेकमा अवस्थित यासोक बजारमा कुम्मायक गाउँपालिकाको आर्थिक साझेदारीमा कोसेली पसल सञ्चालनमा आएको छ ।

 

होसन्ना ढाका कपडाका प्रोप्राइटर तेजेन्द्र चेम्जोङ र सुर्यकुमारी चेम्जोङका अनुसार उक्त कोसेलि घर पसलबाट लोपोन्मुख ऐतिहासिक सरसामान तथा गरगहनाहरु सुपत मुल्यमा पाइने बताएका छ्न ।

 

घरेलु तथा साना उद्योग प्रवर्द्धन कार्यक्रम अन्तर्गत खोलिएको सो पसलबाट आर्ट गरिएका मायाको चिनो साथै कुम्मायक कुस्सायक पवित्र माङ्हिमको चित्र लेखिएको तस्बिर समेत पाइने चेम्जोङ्हरु बताउछन ।

 

गाउँपालिकाको रु १ लाख र ढाका कपडा पसलको १ लाखको आर्थिक साझेदारीमा सञ्चालनमा आएको सो पसलमा बासबाट तयार पारिएका थाक्रा , परि (काइयो) र कोम (बिनायो) लगायत अन्य आकर्षक डिजाइनका श्रीङ्गारक सामग्रीहरु समेत पाइने उनिहरुको भनाइ छ ।

ढाका र खाडिबाट बुनिइएका कपडा साथै निस्से ढुङ्री कण्ठ साम्याङ्फुङ तिल्हरी लाङ्बाङ्गी नौगेडी सिलाम साक्मा र चलनचल्ती अनुसार भेषभुषा अन्तर्गतका कपडाहरु होलसेल तथा खुद्रामा तयारी सामग्री कोसेली घरबाटै सुफत मुल्यमा पाउन सकिने पनि बताइएको छ ।

 

स्थानीय नागरिकले इच्छाएको आधुनिक तथा ऐतिहासिक भेषभुषामा रम्न चाहनेहरुका लागि यो पसलको पनि आवश्यकता महसुस गरि कोशेली घर साझेदारीमा बजार व्यवस्थापन गरिएको गाउपालिका अध्यक्ष बमप्रसाद लावतिले बताएका छन ।

 

पुर्वाधार बिकासमा मात्रै ध्यान केन्द्रित नगरेर कुनै नागरिकले चाहेको परम्परागत उस्को सस्कृतिक परिदृश्यहरुको पनि स्थानीय सरकारले ससम्मान गर्नु पर्न्रे दायित्व बोध भएकोले यो कोसेली घरको आवश्यकता महसुस भएको पनि लावतिल्ले बताए ।

सम्बन्धित खवर