असार १९, काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको उपाधि डिफेन्डिङ च्याम्पियन भारतले जितेको छ ।
मंगलबार बेंगलोरमा भएको फाइनल खेलमा कुवेतलाई सडेन डेत्थमा ५-४ गोल अन्तरले हराउँदै भारतले उपाधि उचालेको हो ।
निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाईब्रेकमा धकेलिएको थियो ।
शबैश अल खाल्दीले खेलको १४ औं मिनेटमा गोल गर्दै कुवेतलाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसपछि लल्लियान्जुआला चाग्तेले ३८ औं मिनेटमा गोल गर्दै भारतलाई बराबरीमा फर्काए ।
भारतले नवौं पटक साफ च्याम्पियनसिप प्रतियोगिताको उपाधि उचाल्न सफल भएको छ ।
भारतले यसअघि १९९३, १९९७, १९९९, २००५, २००९, २०११, २०१५ र २०२१ मा साफ फुटबलको उपाधि जितेको थियो ।