असार २७,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ ।
आज बुधबार बिहान नर्भिक अस्पतालमा ८ः ३३ बजे उनको निधन भएको हो ।
उनी लामो समयदेखि अर्धचेत अवस्थामा थिइन् ।
पार्किन्सन जस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.) रोगबाट उनी लामो समयदेखि पीडित थिइन् ।
उनको पार्थिव शरीर श्रध्दाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा राखिने र २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।