बंगलादेशविरुद्धको मैत्रीपूर्ण सिरिजको उपाधि नेपाललाई - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बंगलादेशविरुद्धको मैत्रीपूर्ण सिरिजको उपाधि नेपाललाई

असार ३१, काठमाडौं । बंगलादेशविरुद्धको अन्तराष्ट्रिय मैत्रीपूर्ण सिरिजको उपाधि नेपालको राष्ट्रिय महिला फुटबल टिमले जितेको छ ।

आईतबार दोस्रो खेलमा नेपालले टाइब्रेकरमा बंगलादेशलाई ४-२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।


बंगलादेशसँग गोल रहित बराबरी खेलेको नेपालले बैकल्पिक गोलकिपर अन्जना रानामगरले दुई प्रहार रोकेपछि नबंगलादेशलाई पराजित गरेको हो ।

निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि मैत्रीपूर्ण सिरिजको निर्णय टाइब्रेकरमा गरिएको थियो ।


एशियाडको तयारीमा रहेको नेपालको राष्ट्रिय महिला फुटबल टिमले पहिलो खेलमा समेत घरेलु टोली बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको थियो ।

नेपाललाई पराजित गर्दै बंगलादेशले गत वर्ष साफ च्याम्पियनसिपको उपाधि जितेको थियो ।

नेपालले दुई खेलको मैत्रीपूर्ण सिरिजमा हराउँदै बंगलादेशी भुमिका अन्तराष्ट्रिय उपाधि भने जितेको छ ।

 

सम्बन्धित खवर