माङलाङ नाचेर मनाए युकेमा सिसेक्पा तङनाम - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङलाङ नाचेर मनाए युकेमा सिसेक्पा तङनाम

साउन १, युके । मौलिक किरात पर्व सिसेक्पा तङनामको अवसरमा युकेमा भव्य माङलाङ प्रस्तुत गरिएको छ ।

सिसेक्पा तङनाम कार्यक्रममा किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेद्वारा गठित किरात साम्यो साक्थिम्गेन पान्जुम्भो (सास्कृतिक समिति) युकेले माङलाङ प्रस्तुत गरेको हो ।

किरात याक्थुङ चुम्लुङ युकेले वार्षिक रुपमा आयोजना गर्दै आएको सिसेक्पा तङनामको अवसरमा १५ जुलाई २०२३ मा आयोजित भव्य कार्यक्रममा माङलाङ नाँचेर सिसेक्पा तङनाम मनाइएको हो ।

निर्मल पतङवाको अध्यक्षतामा गठित किरात साम्यो साक्थिम्गेन पान्जुम्भो युकेले मौलिक भेषभुषा सहित पहिलो पटक ओैपचारिक रुपमा कलाकारहरुबाट माङलाङ नृत्य प्रस्तुत गरिएको हो ।

विगतका बर्षहरुमा माङलाङ प्रस्तुत गरिएता पनि समिति गठन भएको थिएन । साक्थिम्गेन समिति गठन पछिको यो पहिलो माङलाङ प्रस्तुति रहेको माङलाङ सहजकर्ता ज्ञानु फुरुम्बो चरपेले बताउनु भयो ।

माङसेवा गर्दा च्याब्रङ र छ्रेङमुकको तालमा नाच्दा हिममाङ, युमा, थेवा माङ खुशी हुने भएकोले यसलाई माङलाई स्वागत गरिने भएकोले माङलाङ भन्ने गरिएको माङलाङ सहजकर्ता फुरुम्बोको भनाई छ । सिसेक्पा तङनाममा पनि विशेष प्राकृतिक पुजा सेवा गरिन्छ यस्ता महत्वपूर्ण कार्यक्रममा माङलाङ नाच्ने चलन रहेको छ ।

सुरुमा कलाकारहरुले किरात याक्थुङ लिम्बुहरुको मौलिक पोषाक तागाबा र मेख्लि लगाएर माङलाङ नृत्यलाई अघि बढाएको थियो । सो कार्यक्रममा माङलाङ नाच्ने दर्शकहरुको घुईचो अत्यधिक बढेको किरात धर्मावलम्बीहरुको भनाई छ ।

माङलाङ नृत्यमा प्रिया खिम्दिङ, पर्बत राई, मुक्कुम खजुम, अनिता लिङदेन, श्रीजु राई, इक्सा पतङवा, सिङलाहाङ पतङवा, हाङसाङ पतङवा, मणि चोङवाङ, बिक्रम ओख्राबु लगायत कलाकारहरुको सहभागिता रहेको थियो ।

दर्शकहरुको अथाह माया र हौसला पाउँदा पाउदै समयलाई मध्यनजर गर्दै माङलाङ नृत्य विर्सजन गरिएको आयोजकले जनाएको छ । माङलाङ नृत्य समाप्न पछि किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका उपाध्यक्ष राजेन्द्र खिम्दिङ र सचिव लाल लिङदेनहरुले कलाकारहरुलाई बधाई साथै हौसला दिएका थिए भने सल्लाकार मंगलसिं लिङदेनले अभिभावकत्व निभएका थिए ।

कार्यक्रममा कलाकारहरुलाई खानापिनका लागि डम्बर खजुमले सौजन्य गर्नुभएको थियो । भने जितेन्द्र चेम्जोङबाट कलाकार ओसार पसारका लागि सवारी साधन सौजन्य गर्नु भएको थियो ।

किरात याक्थुङ चुम्लुङ युकेका अध्यक्ष नरवीर आङ्बोको अध्यक्षता तथा किरात याक्थुङ चुम्लुङ संघीय कार्य समिति नेपालका अध्यक्ष प्रेम येक्तेनको प्रमुख आतिथ्यमा तथा विभिन्न संघ सस्थाबाट आमन्त्रित अतिथि लगायत बेलायतको विभिन्न सहर निवासी मान्यजन त्तुतुगेन तुम्याहाङ, याक्लागेन सुहाङमा, नालिगेन थाङ्बेन, सिसागेन मेन्छिनहरुको उपस्थितिमा सिसेक्पा तङनाम कार्यक्रम मनाइएको थियो ।

युकेमा साक्थिम्गेन पान्जुम्भो गठन

निर्मल पतङवाको अध्यक्षतामा गठन गरिएको किरात साम्यो साक्थिम्गेन पान्जुम्भो युकेको समितिमा ज्ञानु फुरुम्बो, निराज माबोहाङ, प्रिया खिम्दिङ, पर्बत राई, मुक्कुम खजुम, अनिता लिङदेन, श्रीजु राई, इक्सा पतङवा रहनु भएको छ ।

त्यसैगरी सिङलाहाङ पतङवा, हाङसाङ पतङवा, मणि चोङवाङ, बिक्रम ओख्राबु, रोश्नी सिंथेबे, समिर पतङवा, उत्तर पतङवा, नारायण बेघा, हरी बखिम, मन्दीरा लाओती फेवादिन लगायत रहनु भएको छ ।

पान्जुम्भोको सल्लाहकार समिति राजेन्द्र खिम्दिङ, केवाहाङ चेम्जोङ, गोबिन्द मादेन, डम्बर खजुम, मंगलसि लिङदेन, प्रेम पाहिम, सान्ता सेनेहाङ थाङदेन, चन्द्रकला आवाजङ लगायत रहनु भएको छ ।

सम्बन्धित खवर