साउन ७, दमक । पत्रकारहरुको टिम दमकमा भएको मैत्रीपूर्ण फुटसल खेलमा विजयी भएको छ ।
आज आइतबार झापाको दमक–९ को रणभूमि फुटसल कोर्टमा भएको खेलमा पत्रकारको समूहले दमक बहुमुखी क्याम्पसका शिक्षकहरुलाई ५–२ गोल अन्तरले हराउँदै विजयी भएको हो ।
पत्रकार टिमको तर्फबाट कविध्जज राईले र वीरेन्द्र लिम्बूले समान २–२ गोल र सजन राईले एक गोल गरेका थिए ।
आजबाट सुरु भएको प्रदेशस्तरीय फुटसल प्रतियोगिताअघि मैत्रीपूर्ण खेल भएको हो ।