झापाको दमकमा प्रदेशस्तरीय फुटसल सुरु, पाँच कलेजको विजयी सुरु - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापाको दमकमा प्रदेशस्तरीय फुटसल सुरु, पाँच कलेजको विजयी सुरु

साउन ७, दमक आजबाट सुरु भएको प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उद्घाटन खेलमा दमक बहुमुखी क्याम्पसले विजयी सुरुवात गरेको छ ।

आस्था कलेजलाई ७–१ गोल अन्तरले हराउँदै दमक बहुमुखी क्याम्पस अघिल्लो चरण प्रवेश गरेको हो ।

यस्तै, आजै भएको दोस्रो खेलमा मोडल क्याम्पस दमकले युनिक कलेज दमकलाई ६–३ गोल अन्तरले हरायो । तेस्रो खेलमा महेन्द्र मोरङ बहुमुखी क्याम्पसलाई पथरी क्याम्पसले ४–१ गोल अन्तरले हरायो ।

पथरीबाट खेलेका खेलाडी सो क्याम्पसका नभएको भन्दै महेन्द्र मोरङका खेलाडीले विरोधपत्र समेत दर्ता गराएका छन् ।

चौथो खेल शनिश्चरे बहुमुखी क्याम्पस अर्जुनधारा र महेन्द्र बहुमुखी क्याम्पस धरानबीच हुने भए पनि शनिश्चरे नआएपछि महेन्द्र विजयी घोषित भयो ।

आजको अन्तिम तथा पाँचौँ खेलमा गौरादह कृषि क्याम्पसलाई दमक बहुमुखी क्याम्पस ‘बि’ ले ६–२ गोल अन्तरले हरायो ।

दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा सुरु भएको प्रतियोगितामा झापा, मोरङ, सुनसरी र इलामका त्रिभुवन श्वविद्यालयबाट सम्बन्धन प्राप्त २१ वटा क्याम्पसले प्रतिस्पर्धा गर्दै छन् ।

दमक–९ को रणभूमि फुटसल कोर्टमा जारी प्रतियोगिताको फाइनल खेल साउन १० गते हुनेछ ।

विपन्न विद्यार्थीहरु पढाइबाट बञ्चित हुन नदिन छात्रावृत्ति कोष निर्माणका लागि प्रतियोगिता आयोजना गरिएको हो । कोषका लागि पाँच लाख रुपैयाँ बचत गर्ने लक्ष्य रहेको आयोजक युनियन सभापति सोविम न्यौपानेले बताए ।

प्रतियोगिताको विजेता टिमले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा प्राप्त गर्नेछ । त्यस्तै, विधागत पुरस्कारको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

सम्बन्धित खवर