साउन ११, काठमाडौं । नेपालले सन् २०२६ को विश्वकप छनोट र २०२७ को एएफसी एसियन कप छनोटको पहिलो चरणमा लाओससँग प्रतिस्पर्धा गर्ने भएको छ ।
नेपालले आज मलेसियाको क्वालाम्पुरमा भएको ड्र अनुसार लाओसलाई प्रतिद्धन्दीको रुपमा पाएको हो ।
नेपालले होम एण्ड अवे गरि दुई म्याच लावोससँग खेल्नेछ ।
पहिलो लेगको खेल अक्टोबर १२ मा र दोस्रो लेग अक्टोबर १७ मा हुनेछ ।
एसियाका २७ देखि ४६ वरियताका २० टिमले पहिलो चरणमा होम एण्ड अवे गरि छनोट खेल्नेछन् ।
विजेता १० टिमले दोस्रो चरणमा स्थान बनाउनेछन् ।
दोस्रो चरणमा १ देखि २६ वरियताका ३६ टिमलाई ९ समूहमा विभाजन गरेर होम एण्ड अवे गरि छनोट खेलाईनेछ ।
तेस्रो चरणमा दोस्रो चरणबाट छनोट भएका १८ टिमले तीन समूहमा विभाजित भएर होम एण्ड अवेका आधारमा छनोट खेल्नेछन् ।
तीन समूहका शीर्ष दुई टोली विश्वकपमा सिधै छनोट हुनेछन् । तेस्रो र चौथो स्थानमा आएका टिमलाई समेत छनोटको अवसर प्राप्त हुनेछ ।