प्रमुख प्रशासकीय अधिकृत निरौलाको अनैतिक हर्कत प्रति नगरपालिकाको ध्यानाकर्षण, निरौला भने प्रमाण मेट्न क्वार्टरमा रङरोगन गराउँदै - Mangsebung News
  • सोमबार, पुष २९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रमुख प्रशासकीय अधिकृत निरौलाको अनैतिक हर्कत प्रति नगरपालिकाको ध्यानाकर्षण, निरौला भने प्रमाण मेट्न क्वार्टरमा रङरोगन गराउँदै

साउन १४, दमक । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले कार्यालयको क्वार्टरभित्रै अनैतिक हर्कत गरेको भिडियो बाहिरिएपछि  नगरपालिकाले ध्यानकर्षण भएको बताएको छ ।

आज दिउसो नगरपालिकाले एक विज्ञप्ती जारी गर्दै सामाजिक सञ्जाल, सञ्चार माध्यममा आएका विषय वस्तुहरु प्रति ध्यानकर्षण भएको जनाएको हो ।

यस विषयमा सत्यतथ्य बुझी आवश्यक कारवार्ही का लागि सम्वन्धित मन्त्रालयमा पत्रचार गर्ने नगर प्रमुख राम थापाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत निरौलालाई  उपलब्ध गराएको क्वाटरमा एक युवतीले टिकटक लाइभ गरेकी थिइन । उक्त लाइभमा निरौलाले ती युवतीको गालामा चुम्बन गरेको दृश्य रहेको छ भने आफनो श्रीमान भएको समेत बताएकी छिन ।

निरौलाले प्रमाण नष्ट गर्न आफ्नो बेड रुममा रङाइएको हरियो रङमा पहेला (गेरु) रङ लगाएका हुन् । पहिलो पटक रङ कोडिङ गर्दा पहिलोको हरियो रङ पनि हल्का देखिएको छ। भिडियोमा देखिएको एसीले भने कोठा नगरकै क्वार्टर भएको पुष्टि गर्छ। क्वार्टरभित्रै ‘गर्ल फ्रेन्ड’ राखेर अनैतिक गतिविधि गर्दै आएका उहाँको भिडियो टिकटक लाइभमार्फत बाहिरिएको थियो ।

गल्ती ढाकछोप गर्न प्रमुख प्रशासकीय अधिकृत निरौलाले नगरकै बजेट दुरुपयोग गरेर क्वार्टरमा रङरोगन गरेर प्रमाण नष्ट गर्न सुरु गरेका हुन् । भिडियोमा देखिएको कोठा नगरको क्वार्टर नभई काठमाडौंको एक होटल भएको दाबी गर्दै आएका निरौलाले क्वार्टर नभएको पुष्टि गर्न रङरोगन गरेका हुन् ।

अधिकृतको क्वार्टरमा मदिरा सेवन गरी लठ्ठ भएकी महिला टिकटक लाइभ बसेकी थिइन्। उनले त्यहाँ आएका प्रतिक्रियाहरूको जवाफ समेत दिएकी छन् । त्यस क्रममा प्रशासकीय अधिकृत निरौलाले उनलाई स्पर्श र चुम्बन गरेको भिडिओमा देखिन्छ । उनीहरूको संवादले अन्तरंग सम्बन्धमा छन् भन्ने अनुमान गर्न सकिन्छ । उनले म हस्बेन्डसँग छु भनेको पनि सुनिन्छ। यद्यपि,उनीहरु पतिपत्नी होइनन् ।

नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपाल दमकले प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले कार्यालयको क्वार्टरभित्रै अनैतिक हर्कत गरेको भिडियो बाहिरिएको घटनाका दोषीलाई कारवार्ही गर्न माग गरेको छ ।

युवा संघ दमक नगर अध्यक्ष विवेक शर्मा भटराईले आज जारी गरेको विज्ञप्तीमा सरकारी कार्यालयको क्वार्टरभित्रै अनैतिक हर्कत गरेको भिडियो बाहिरिएको घटनाका दोषीलाई कारवार्ही गर्न माग गरेको हो । यसवाट उत्पन्न हुने नतिजा प्रति नगरपालिका जवाफदेही रहनु पर्ने अध्यक्ष भटराई द्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

सम्बन्धित खवर