आज नालीफूङवाको २३ औं स्थापना दिवस मनाइदै - Mangsebung News
  • आइतबार, साउन ०५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आज नालीफूङवाको २३ औं स्थापना दिवस मनाइदै

साउन १९, माङसेबुङ । किरात धर्म सम्बद्ध युवाहरूको गौरवशाली छाता संगठन किरात साम्यो नालीफूङवा पान्जुम्भोको २३ औं स्थापना दिवस मनाइदैछ ।

आज साउन १९ गते इलामको माङसेबुङ ५ स्थित पान्जुम्भोको केन्द्रीय कार्यालयमा बिबिध कार्यक्रमको आयोजना गरि पान्जुम्भोको स्थापना दिवस मनाइने भएको हो ।

२०५८ साल साउन १९ गते आज कै दिन नालिफुङवाको स्थापना भएकोले उक्त दिनलाई बिशेष मानेर सदा झैं यो बर्ष २३ औं स्थापना दिवस मनाउन लागेको किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष पिर्तिमान खालिङ राईले बताए ।

यसैगरि पान्जुम्भोको स्थापना दिवसको अवसरमा जिल्लाका विभिन्न तल्लो निकायका समितिले समेत विविध कार्यक्रमकाको आयोजना गरि मनाउने भएका छन् ।

सम्बन्धित खवर