पूर्व कप्तान ज्ञानेन्द्र मल्लद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पूर्व कप्तान ज्ञानेन्द्र मल्लद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

साउन १९, काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

मल्लले शुक्रबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।


मल्लले सन् २००६ मा राष्ट्रिय टिममा डेब्यू गरेका थिए । उनले आइसीसी इन्टरकन्टिनेन्टल कपमा नामिबियाविरुद्ध खेलेर डेब्यू गरेका हुन् ।

मल्ल सन् २००५ मा यू–१५ टोलीको सदस्य समेत रहेका थिए । उनी क्रमस यू–१७ र यू–१९ टोलीमा परेका थिए ।


ज्ञानेन्द्रले ३५ एकदिवसीय खेलमा ८५६ रन बनाएका छन्  । त्यस्तै ४५ टी–ट्वान्टी अन्तर्राष्ट्रियमा ८८३ रन बनाएका छन् ।

उनले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा शतक बनाएका छन् ।

सम्बन्धित खवर