- पदम सुखी सम्बाहाम्फे
साउन २१, कुम्मायक । पाँचथर जिल्लाको दक्षिणी भेगमा अवस्थित कुम्मायक गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता बितरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
गाउँपालिकाको कार्यलयले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक शाखा कार्यलय कुम्मायकसङ्ग समन्वय गरि आ.व. २०७९/०८० को चौथौ त्रैमासिक सामाजिक सुरक्षा भत्ता १ हजार ६ सय १७ जना लाभग्राहिलाई बितरण गरिएको जनाइएको छ ।
बैंक सम्म आउन नसक्ने लाभग्राहिहरुलाई लक्षित गरि वडा वडामा गएर बैङ्किङ प्रणालीद्वारा वडा नम्बर १ मा ४ सय ६ जना, वडा नम्बर २ मा ३ सय ५० जना, वडा नम्बर ३ मा २ सय ८१ जना त्यस्तैगरी वडा नम्बर ४ मा २ सय ५५ जना र वडा नम्बर ५ मा ३ सय २५ जनालाई भत्ता बितरण गरिएको छ ।
गाउँपालिकामा ६८ बर्ष माथिका ज्येष्ठ नागरिकको सङ्ख्या १ हजार ५१ रहेका छन भने ज्येष्ठ नागरिक दलितको सङ्ख्या ६३ ज्येष्ठ नागरिक एकल महिला १ सय १८ त्यसैगरी बिधवा महिलाको सङ्ख्या १ सय ४६ जना, पुर्ण अपांग ४९ र अति अशक्त ७७ जना, ५ बर्ष मुनिका दलित बालबालिकाको सङ्ख्या १ सय १३ जनाले उक्त सेवा सुविधा प्राप्त गरेको गाउँपालिकाले जनाएको छ ।
आ. ब. २०७९ / ०८० को पहिलो दोस्रो तेस्रो र चौथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता शिर्षकमा कुल रकम ६ करोड ३६ लाख ५८ हजार १ सय ९३ पैसा बितरण भएको बताइएको छ । यसपटक आर्थिक बर्षको अन्तिम चरण वडा वडामा गइ बैङ्किङ प्रणाली बाट बितरण भएको सामाजिक सुरक्षा भत्ताको कुल रकम १ करोड ६३ लाख ३५ हजार ९ सय ५ रुपैयाँ रहेको छ ।
त्रैमासिक रूपमा बैंक मार्फत वडा वडामा सामाजिक सुरक्षा भत्ता बितरण हुन थालेपछि रकम हिनामिना तथा चुहावट नियन्त्रण र संबंधित लाभग्राहिले नै भत्ता पाउने भएपछि यो सेवा सुबिधाको प्रसंशा चौतर्फी बढेको छ । राज्यबाट आएको यो सेवा सुबिधा आफ्नै हातमा प्राप्त हुनथालेपछि ९२ बर्षिय बुद्धमति चेम्जोङ खुशी छन ।
आफ्नो परिवारले स्याहारसुसार नगरेता पनि र अपहेलित अवस्थामा जिउन बाध्य हुदा आफू बाचुन्जेल सम्म यो सामाजिक सुरक्षा भत्ताको सेवा सुबिधाले अतिनै राहत पुगेको मनरानी सम्बाहाम्फे बताउछिन ।
७४ बर्षिय लक्षमी प्रसाद सम्बाहाम्फेले पनि आफू बाचुन्जेल सामाजिक सुरक्षा भत्ता पाए जीवन जिउन सरल हुने बताए ।
सामाजिक सुरक्षा लाभग्राहिहरुको मृत्यु तथा बसाई सरि जानुपर्ने अवस्था भएमा आफ्नो बिवरण अध्यावधिक तथा शुद्धिकरण गरि वास्तविक विवरण पेस गर्न गाउँपालिकाका अध्यक्ष बमप्रसाद लावती उपाध्यक्ष महेन्द्रबहादुर खड्का प्रमुख प्रशासकीय अधिकृत देवि तुम्बापोले संबंधित वडा कार्यलयमा जान अनुरोध गरेका छन ।
यसैगरी वडा नम्बर १ का वडा अध्यक्ष देवेन्द्र लावती , वडा नम्बर २ का बालकृष्ण शेर्मा वडा नम्बर ३ का बाबुराम कार्की वडा नम्बर ४ का वडा अध्यक्ष फगेन्द्र सम्बाहाम्फे र वडा नम्बर ५ का निर्मलराज घिमिरेले पनि आफ्नो समस्या वडा कार्यलयमा ल्याउन लाभग्राहिहरुलाइ आग्रह गरेका छन । भइ परि आउने हरेक समस्यामा वडाले सधै साथ सहयोग दिने उनीहरुको भनाइ छ ।