साउन २३, काठमाडौं । एएफसी कपमा मछिन्द्रले भुटानकाे पाराे एफसीमाथि जित हासिल गरेको छ ।
जितसँगै मछिन्द्रले आई लिग क्लब माेहन बगानसंगकाे भेट पक्का गरेकाे छ ।
मंगलबार दशरथ रंगशालामा प्रारम्भिक चरणकाे खेलमा भुटानकाे पाराे एफसीलाई ३-२ गाेल अन्तरले हराउँदै मछिन्द्रले आगामी अगष्ट १६ मा हुने माेहन बगानसंगकाे भेट पक्का गरेकाे हाे ।
मछिन्द्रकाे जितमा बिमल घर्ती मगर, आयुश घलान र अफिज ओलावालेले गाेल गरे । खेलका सुरूवाती अग्रता भने पाराेले बनाएकाे थियाे ।
खेलको ७ औं मिनेटमा काजु हाेमाले पाराेलाई सुरूवाती अग्रता दिलाएका थिए । तर खेलको १२ औं मिनेटमा बिमल घर्ती मगरले आयुश घलानकाे क्रसमा हेडर मार्फत गोल गर्दै बराबरीमा फर्काए ।
खेलको १५ औं मिनेट मछिन्द्रले खेलमा अग्रता बनाउन सफल रहयाे । बिमलकाे पासमा आयुशले मछिन्द्रका लागि दाेश्राे गाेल गरे । त्यसपछि खेलको ३९ औं मिनेटमा ओमाेलाजा करिमकाे क्रसमा अफिस ओलावालेले मछिन्द्रका लागि तेश्राे गाेल गरे । पहिलाे हाफमा पाराे माथि मछिन्द्रले दवाव बनाएकाे थियाे ।
तर दाेश्राे हाफमा मछिन्द्र माथि पाराेले दवाव बनाउन सफल रहयाे । खेलको ६१ औं मिनेटमा मछिन्द्रका डिफेन्डर छिरिङ गुरूङलाई बिट गराउँदै पाराेका इभान आसान्टेले गाेल गर्दै अग्रता ३-२ मा झारे ।
यसैगरी इन्जुरी समयमा गाेलरक्षक बिट भएकाे अवस्थामा विमल घर्ती मगरले खाली पाेष्टमा जाली चुमाउन चुके । खेलको प्लेअर अफ दि म्याच विमल घर्तीमगर चुनिए ।