रोहितको कप्तानीमा एशिया कपका लागि नेपाली टोली घोषणा - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

रोहितको कप्तानीमा एशिया कपका लागि नेपाली टोली घोषणा

साउन ३०, काठमाडौं । नेपालले पहिलो पटक सहभागीता जनाउन लागेको पाकिस्तान र श्रीलंकामा हुने एसिया कप खेल्ने टोलीको घोषणा गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले रोहित कुमार पौडेलको कप्तानीमा१७ सदस्यीय टोलीको घोषणा गरेको हो ।

एसिया कपको तयारीका लागि नेपाल एक साता अघि नै पाकिस्तान जाने क्यानले जनाएको छ । नेपालले पाकिस्तानमा एसिया कपको अन्तिम तयारी गर्ने छ ।

अगष्ट ३० देखी सेप्टेम्बर १७ सम्म हुने एसिया कपमा समूह ए मा भारत, पाकिस्तान र नेपाल छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।

नेपालले पहिलो खेल ३० अगष्टमा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । दोस्रो खेल ४ सेप्टेम्बरमा श्रीलंकाको केन्डीमा भारतसँग खेल्ने हुनेछ ।

नेपाली टोली 

रोहित कुमार पौडेल ( कप्तान), आशिफ शेख, कुशल भुर्तेल, ललित नारायण राजवंशी, भिम सार्की, कुशल मल्ल, दिपेन्द्र सिंह  ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जि.सि, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, श्याम ढकाल

सम्बन्धित खवर