मोहन बगानसँग मछिन्द्र पराजित - Mangsebung News
  • सोमबार, जेठ ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मोहन बगानसँग मछिन्द्र पराजित

साउन ३२, काठमाडौं ।  नेपाली टोली मछिन्द्र फुटबल क्लब एएफसी कप छनोटमा भारतको मोहन बगान सुपर जायन्टसँग पराजित भएको छ ।

भारतमा भएको खेलमा मछिन्द्र मोहन बगानसँग ३-१ गोल अन्तरले पराजित भएको हो ।

पराजयसँगै मछिन्द्र एएफसी कप छनोट चरणबाटै बाहिरिएको छ ।

मोहन बगानका लागि अनवर अलीले २ तथा जेसन कमिंग्सले १ गोल गरे । मछिन्द्रका लागि मेसुके ओलोमोउले सान्तवना गोल गरे ।

मछिन्द्रले पहिलो चरणमा भुटानको पारो एफसीलाई ३-२ गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो ।

 

सम्बन्धित खवर