लिग कपको उपाधि मियामीलाई, मेस्सी बने सर्वाधिक उपाधी जित्ने खेलाडी - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिग कपको उपाधि मियामीलाई, मेस्सी बने सर्वाधिक उपाधी जित्ने खेलाडी

भदौ ३, काठमाडौं । लिग्स कप २०२३ को उपाधि लिओनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले जितेको छ ।

शनिबार सम्पन्न फाइनलमा नाशभिल एफसीलाई सडन डेथमा १०–९ गोल अन्तरले पराजित गर्दै इन्टर मियामीले इतिहासकै पहिलो उपाधि जितेको हो ।

निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा प’गेको थियो । टाइब्रेकरमा पनि खेल बराबरी भए पछि खेलको निर्णय सडन डेथमा धकेलिएको थियो ।

निर्धारित समयको २३ औं मिनेटमा मेस्सीले उत्कृष्ट गोल गर्दै मायमीलाई उपाधितर्फ लम्काएका थिए । तर, नाशभिलका लागि ५७ औं मिनेटमा फाफा पिकाल्टले बराबरी गोल फर्काए ।

काठमाडौं । आफ्नो कप्तानीमा अमेरिकी क्लब इन्टर मियामीलाई लिग्स कपको उपाधी जिताएसँगै कप्तान लियोनेल मेस्सी नयाँ कीर्तिमान कायम गरेका छन् ।

मेस्सी बने सर्वाधिक उपाधी जित्ने खेलाडी

मेस्सीले आईतबार मियामीबाट च्याम्पियन भएसँगै सर्वाधिक उपाधी जित्ने खेलाडी बनेका छन् ।

मेस्सीले ब्राजिलियन लिजेन्ड डानि आलभेसलाई पछि पार्दै यो कीर्तिमान बनाएका हुन् ।

योसँगै मेस्सीले आफ्नो करियरमा ४४ वटा उपाधी उचालेका छन् ।

मेस्सीले बार्सिलोनाबाट ३५, पिएसजीबाट ३ , अर्जेन्टिनाबाट ५ र मियामीका लागी एउटा उपाधी जितेका हुन् ।

सम्बन्धित खवर