महिला विश्वकप फुटबलको उपाधि स्पेनलाई - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

महिला विश्वकप फुटबलको उपाधि स्पेनलाई

भदौ ३, दमक । स्पेनले फिफा महिला विश्वकप फुटबलको उपाधि जितेको छ ।

स्पेनले अष्ट्रेलिया स्टेडियममा आईतबार इङ्ल्याण्डलाई १–० गोल अन्तरले हराउँदै उपाधि जितेकोे हो ।

स्पेनको जितमा २९ औं मिनेटमा ओल्गा कार्मुनाले विजयी गोल गरिन् । अन्तत कार्मुनाको एक मात्र गोल निर्णायक बन्यो ।

सह आयोजक अष्ट्रेलियालाई हराउँदै फाइनलमा स्थान बनाएको इङ्ल्याण्डले भने उपबिजेतामा चित्त बुझाउनु प¥यो ।

स्पेनले पहिलो पटक महिला विश्वकपको उपाधि उचालेको हो । पुरुष र महिला दुवै टिमले विश्वकप जित्ने स्पेन दोस्रो देश बनेको छ ।

 

सम्बन्धित खवर