भदौ ७, दमक । जापानमा अल्पायुमै निधन भएका बचन केदेमको परिवारलाई सहानुभूति रुवरुप कियाचु जापानले आर्थिक सहयोग प्रदान गरेकोे छ ।
उच्च शिक्षा अध्ययनको क्रममा जापान पुगेका बचन केदेमको अल्पायुमै निधन भएकोमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दैकिरात याक्थुङ् चुम्लुङ् जापानद्धारा संकलन गरिएको १ लाख ४५ हजार ७ सय ४० रुपैयाँ सहयोग रकम मृतकको परिवारलाई किरात याक्थुङ् चुम्लुङ् झापाले मंगलबार हस्तान्तरण गरेको हो ।
कियाचु संघीय सदस्य चन्द्रकला सुब्बा, इक्सा सम्बाहाङ्फे, राष्ट्रिय चुम्लुङ् सदस्य गुमानसिं सम्बाहाङ्फे लगायत चुम्लुङ् कार्यकर्ताको हस्तबाहुलीबाट सो रकम स्व. बचन केदेमको दिदी सुमित्रा केदेमलाई हस्तान्तरण गरेको थियो ।
पद्मा इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सबाट अध्ययनको शिलशिलामा जापानको आइची केनको नागोयास्थित Nagoya Aiueo International School मा भाषा विद्यार्थीको रुपमा मिति २०२३ फ्रेबुवरी ८ तारिखका दिन जापान पुगी अध्ययन गरिरहेको अवस्थामा सन् २०२३ जुन २३ तारिख शुक्रवार बिहान विद्यालय जानेक्रममा बाटोमा अचानक बेहोस भई Komel Minato Ku स्थित Chubu Rosal Hospital मा उपचार गर्न पुर्याइएकोमा असामयिक निधन भएको थियो ।
कार्यक्रममा किरात याक्थुङ् चुम्लुङ् झापा जिल्ला अध्यक्ष सेसेहाङ् फियाक, दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङ्, चुम्लुङ् दमक नगर पालिका वडा न. ८ का वडा अध्यक्ष चन्द्र कन्दङ्वा लगायत स्थानीय समाजसेवीहरुको समेत उपस्थिति रहेको थियो ।