भदौ १३, दमक । नेपालले एसिया कप क्रिकेटको उद्घाटन खेलमा आज बुधबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाली समय अनुसार दिउँसो सवा ३ बजे मुल्तान क्रिकेट मैदानमा सुरु एसिया कपमा नेपालले पाकिस्तानसँग खेल्दै डेब्यु गर्दैछ ।
पछिल्लो समय अन्तराष्ट्रिय क्रिकेटमा सनसनीपूर्ण प्रर्दशन गरिरहेको नेपालले विश्व क्रिकेटको नम्बर एक टिम पाकिस्तानसँग खेल्न लागेको पहिलो पटक हो ।