प्राज्ञ मुनाराज सेर्मा अभिनन्दित - Mangsebung News
  • आइतबार, साउन ०५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्राज्ञ मुनाराज सेर्मा अभिनन्दित

भदौ १४, दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य मुनाराज सेर्मालाई बुधवार अभिन्नदन गरिएको छ ।

किरात याक्थुङ चुम्लुङ ३५ औं स्थापना दिवसको सप्ताहव्यापी कार्यक्रमको चौथो दिन केर्खामा आयोजित समारोहमा विशिष्ट अतिथि किरात याक्थुङ चुम्लुङ संघीय सदस्य बिमला पालुङवाले प्राज्ञ सेर्मालाई दोसल्ला ओडाई अभिनन्दन गर्नुभएको हो ।

किरात याक्थुङ चुम्लुङको स्थापना दिन भदौ १७ गतेलाई केन्द्रविन्दू बनाई झापामा सप्ताहव्यापी कार्यक्रमको आयोजना मनाइन्दै गरिएको केर्खाको समारोहमा मुनाराज सेर्मा प्रमुख अतिथि रहनुभएको थियो ।

प्राज्ञ सेर्माले शुभकामना मन्तव्य राख्नुहुँदै अबको जमाना तार्किक तर्कको रहेकोले धार्मिक, सांस्कृतिक, सामाजिक र आफ्नो कलालाई तार्कित औजारमा परिणत गर्न आग्रह गर्नुभयो । हामी पछि पर्नुको मूल कारण प्रमाणको आधारमा तर्क गर्न नसक्नु हो भन्नुहुँदै लिम्वुवान किरात ऐतिहासिक र सभ्यताको दृष्टिकोणले सर्वमान्य रहेकोले राज्यले दमन गरेपनि दमित नहुने तर्क पेश्नुभयो ।

विशिष्ट अतिथि किरात याक्थुङ चुम्लुङ संघीय सदस्य बिमला पालुङवाले स्थापना दिवसको शुभकामना व्यक्त गर्नुहुँदै चुम्लुङको अहिलेको सांगठनिक शक्तिलाई प्रदेशको नाम कोशी खारेजीको आन्दोलनमा होम्याउन र पहिचानको आन्दोलनलाई शसक्त बनाउन आग्रह गर्नुभयो ।

अतिथि कियाचु लिम्बुवान प्रदेश सदस्य बिक्रम वनेम फागोले अबको आन्दोलन पहिचान पक्ष र पहिचान विरोधीबिच हुने बताउँदै पहिचानको पक्षमा आन्दोलित जनताले मांसाहारी आन्दोलन गर्नुपर्नेमा जोड दिनुभयो । शाहकारी आन्दोलनले राज्य नहल्लिने बताउनुहुँदै आफ्नो मागको मूल मुद्धालाई स्थापित गराउन र राज्यलाई घुँडा टेकाउन सशक्त आन्दोलन गर्नको विकल्प नरहेको बताउनुभयो ।

समारोहमा कियाचु लिम्वुवान प्रदेश सदस्य कविन्द्र सेर्मा, जिल्ला सदस्य दिव्यकला लिम्बू, पूर्व जिल्ला सदस्य गंगासागर राई सेर्मा, कियाचु दमक नगर शाखा अध्यक्ष देवेन्द्र चेम्जोङ लगायतले शुभकामना व्यक्त गरे ।

किरात याक्थुङ चुम्लुङ ३५औं स्थापना दिवस समारोह संयोजक तथा कियाचु झापा अध्यक्ष सेसेहाङ् फियाकको सभापतित्वमा सम्पन्न समारोहमा राष्ट्रिय गायिमा सुनिता सङ्यक, गंगा फियाक र याक्थुङ स्टार फाइनलिष्ट दिलीप माखिमको बेजोड सांगितिक प्रस्तुति गरिएको थियो ।

किरात याक्थुङ चुम्लुङ कमल गाउँ शाखा अध्यक्ष दिवस लिम्बूको स्वागत मन्तव्यसँगै प्रारम्भ भएको समारोहमा साहित्यकार कवि साङ्सेन पन्धाक र कियाचु नगर सचिव शुक्र लावतीले कार्यक्रम सञ्चालन गरेका थिए ।

तस्बिर : हिमा सम्बाहाङ्फे

सम्बन्धित खवर