एसिया कप क्रिकेट : भारतसँग नेपाल पराजित - Mangsebung News
  • सोमबार, बैशाख ३१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एसिया कप क्रिकेट : भारतसँग नेपाल पराजित

भदौ १९, काठमाडौं । एसिसी एसिया कप २०२३ को दोस्रो खेलमा नेपाल भारतसँग पराजित भएको छ ।

सोमबार श्रीलंकाको पालेकले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सम्पन्न खेलमा डकवर्थ लुइस पद्धतिको आधरमा नेपाल भारतसँग १० विकेटले पराजित भएको हो ।

दुई खेलमा जितसँगै भारतले तीन अंक जोडेर समूह ‘ए’ बाट सुपर चारमा स्थान बनायो । यता नेपाल अंकविहिन बनेर एसिया कपबाट बाहिरिएको छ ।

वर्षाका कारण २३ ओभरमा झारिएको खेलमा भारतले पाएको १४५ रनको लक्ष्य २० ओभरमा १ बलमा बिना विकेट लक्ष्य पूरा गरेको हो ।

भारतका लागि कप्तान रोहित शर्माले ७४ रनको अर्धसतकिय पारी खेले । त्यस्तै शुभमन गिलले मद्दतमा ६७ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभरमा २ बलमा सम्पुर्ण विकेट गुमाउँदै २३० रन बनाएको थियो ।

नेपालका लागि ओपनर आसिफ शेखले ५८ रनको अर्धशतकिय पारी खेले । त्यस्तै सोमपाल कामीले ४८ रन बनाउदा दीपेन्द्रसिं ऐरीले २९ र गुल्सन झाले २३ रन बनाए ।

भारतका लागि रविन्द्र जडेजा र मोहम्मद सिराजले समान तीन तथा मोहम्मद सामी, हार्दिक पान्ड्या र शार्दुल ठाकुरले समान एक विकेट लिए ।

सम्बन्धित खवर