विश्वकप छनोटमा नेपाल थाईल्यान्डसँग पराजित - Mangsebung News
  • सोमबार, बैशाख ३१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वकप छनोटमा नेपाल थाईल्यान्डसँग पराजित

भदौ २२, दमक । महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटको सेमिफाइनलमा थाईल्यान्डसँग नेपाल पराजित भएको छ ।

शुक्रबार भएको सेमिफाइनलमा नेपाल थाईल्यान्डसँग ४६ रनले पराजित भएको हो ।

पराजित भएसँगै पहिलो पटक विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने नेपालको सपना अधुरै रहेको छ ।

थाइल्यान्डले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलब ३ ओभरमा ५९ रनमा अलआउट भयो ।

यस खेलमा विजेता भएसँगै थाईल्यान्डले टी–ट्वान्टी महिला विश्वकप २०२४ को ग्लोबल छनोटमा स्थान बनाउने छ ।

सन् २०१३ देखी देखी सुरु भएको ग्लोबल छनोटमा नेपालले हालसम्म स्थान बनाउन सकेको छैन ।

२०२० मा विश्वकप खेलेको र पछिल्लो समय सानदार प्रदर्शन गर्दै आएको थाईल्यान्डविरुद्ध नेपालले खराब प्रदर्शन गरेको थियो ।

सम्बन्धित खवर