दोस्रो मैत्रीपुर्ण खेलमा नेपाल म्यानमारसँग पराजित - Mangsebung News
  • सोमबार, बैशाख ३१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दोस्रो मैत्रीपुर्ण खेलमा नेपाल म्यानमारसँग पराजित

भदौ २५, काठमाडौं । नेपाल दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा म्यानमारसँग पराजित भएको छ ।

म्यानमारको थुवुन्ना रंगशालामा सोमबार भएको दोस्रो मैत्रीपुर्ण खेलमा नेपाल १–० गोल अन्तरले पराजित भएको हो ।

खेलको अन्तिम समयमा म्यानमारका विन लिन्गले गोल गर्दै घरेलु टोलीलाई जित दिलाए । नेपालको आक्रमण विफल भएपछि काउन्टरमा म्यानमारले नेपालविरुद्ध गोल गर्न सफल भएको थियो ।

दुवै देशले फिफा डेट अनुसार मैत्रीपूर्ण फुटबल खेलेका हुन् । नेपाल विश्वकप छनोटको तयारी स्वरुप मैत्रीपूर्ण खेलका लागि म्यानमार गएको हो ।

प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले अधिकांश युवा खेलाडी र केही सिनियर खेलाडीलाई समावेश गर्दै राष्ट्रिय टिमलाई तयार गरेका छन् ।

सम्बन्धित खवर