एसिया कप क्रिकेट : पाकिस्तानमाथि भारतको सानदार जित - Mangsebung News
  • आइतबार, बैशाख ३०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एसिया कप क्रिकेट : पाकिस्तानमाथि भारतको सानदार जित

भदौ २६, काठमाडौं । भारतले एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानमाथि सानदार जित हासिल गरेको छ ।

सोमाबार भएको खेलमा भारतले पाकिस्तानलाई २२८ रनको भारि अन्तरले हराउदै सानदार जित हासिल गरेको हो ।

कोलम्बोमा भारतले दिएको ३५७ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३२ ओभरमा सम्पूर्ण विकेट गुमाएर मात्र १२८ रन बनाउन सक्यो ।

पाकिस्तानका लागि फकर जमानले सर्वाधिक २७ रनको योगदान गरे । त्यस्तै सलमान अलि र यफ्तकर अहमेदले समान २३–२३ रन बनाए ।

पाकिस्तानका कप्तान बाबर आजमले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भारतका लागि कुलदीप यादवले सर्वाधिक पाँच विकेट लिए । त्यस्तै जस्प्रीत भुम्राह, हार्दीक पाड्या र सार्दुल ठाकुरले एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाएर ३ सय ५६ रन बनायो ।

आईतबार भारतले २४ दशमलब १ ओभरमा १ सय ४७ रन बनाउँदा निरन्तरको वर्षाका कारण खेल स्थगित भएको थियो ।

आईतबार स्थगित खेल सोमबार भएको थियो । भारतका लागि केएल र विराट कोहलीले अविजित शतकीय ईनिङ खेले ।

कोहलीले यसै खेलमा आफ्नो १३ हजार रन समेत पूरा गरेका थिए । कोहलीले ९४ बलमा ९ चौका र ३ छक्काको सहयोगमा अविजित १ सय २२ रनको ईनिङ खेले ।

राहुलले १ सय ६ बलमा १२ चौका र २ छक्काको सहयोगमा अविजित १ सय ११ रनको ईनिङ खेले ।

शुभमन गिल, रोहित शर्माले अर्धशतक बनाएका थिए । गिलले ५२ बलमा १० चौकाको सहयोगमा ५८ रन बनाए । कप्तान शर्माले ४९ बलमा ६ चौका र ४ छक्काको सहयोगमा ५६ रन बनाए ।

पाकिस्तानका लागि सादाब खान र शाहिन शाह अफ्रिदीले समान १–१ विकेट लिए ।

सम्बन्धित खवर