एसिया कप क्रिकेट : भारत फाइनलमा प्रवेश - Mangsebung News
  • सोमबार, बैशाख ३१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एसिया कप क्रिकेट : भारत फाइनलमा प्रवेश

भदौ २७, काठमाडौं । एसीसी एसिया कप क्रिकेटमा श्रीलंकालाई हराउदै भारत फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार श्रीलंकाको आर प्रेमदासा क्रिकेट स्टेडियममा भएको खेलमा श्रीलंकालाई ४१ रनले हराउँदै भारत फाइनल पुगेको हो ।

भारतले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको श्रीलंका १ सय ७२ बलमा अलआउट भयो ।

श्रीलंकाका लागि दुनिथ वेललेजले ४६ बलमा अविजित ४२ रन बनाए । धनन्जय डि सिल्भाले ४१ तथा चरिथ असलंकाले २२ रन बनाए ।

भारतका लागि कुलदिप यादवले ४ तथा रविन्द्र जडेजा र जसप्रित बुमराहले समान २÷२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४९ दशमलब १ ओभरमा अलआउट हुदै २ सय १३ रन बनाएको थियो ।

भारतका लागि कप्तान समेत रहेका ओपनर रोहित शर्माले ५३ रनको अर्धशतकीय ईनिङ खेले । यस्तै शुभमन गिलले २५ बलमा १९ रन बनाए ।

केएल राहुलले ४४ बलमा ३९ तथा ईशान किशनले ६१ बलमा ३३ रन बनाएका थिए । एक समय १ सय ५३ रनमा ३ विकेट मात्र गुमाएको भारतले ६० रन जोड्दा बाँकी ७ विकेट गुमाएको थियो ।

श्रीलंकाका लागि दुनिथले ५ विकेट लिएका थिए । यस्तै चरिथ असलंकाले ४ विकेट लिएका थिए । महेश थिक्सनाले १ विकेट लिए ।

बिहीबार हुने पाकिस्तान र श्रीलंकाको खेलमा विजेता बन्ने टोली फाइनलमा पुग्ने छ । फाइनल खेल आईतबार हुनेछ ।

सम्बन्धित खवर