एशिया कप क्रिकेट : पाकिस्तानलाई हराउदै श्रीलंका फाइनलमा - Mangsebung News
  • शुक्रबार, बैशाख २८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एशिया कप क्रिकेट : पाकिस्तानलाई हराउदै श्रीलंका फाइनलमा

भदौ २९, काठमाडौं । एसिसि एसिया कप क्रिकेटको सुपर फोरको खेलमा पाकिस्तानलाई हराउदै साबिकको विजेता श्रीलंका फाइनलमा प्रवेश गरको छ ।

शुक्रबार बिहान श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा सम्पन्न खेलमा डकवर्थ लुईस पद्दती अनुसार पाकिस्तानलाई २ विकेटल हराउँदै श्रीलंका फाइनलमा प्रवेश गरेको हो ।

पाकिस्तानले दिएको २ सय ५२ रनको लक्ष्य श्रीलंकाले निर्धारित ४२ ओभरको अन्तिम बलमा पुरा गर्यो ।

श्रीलंकाका लागि कुसल मेन्डिसले ९१ रन बनाए । सदिरा समराविक्रमाले ४८ रन बनाए । चरिथ असलंका ४९ रनमा अविजित रहे । अन्तिम ६ बलमा जितको लागि श्रीलंकालाई ८ रन चाहिँएको थियो ।

डेब्यु खेल खेलिरहेका जमान खान बलिङमा आए । खानले सुरुआती चार बलमा दुई रन मात्रै दिएर पाकिस्तानको जितको आधार बनाउदै थिए ।

त्यसपछिको दुई बलमा जितको लागि ६ रन चाहिँएको थियो । चरिथले पाँचौं बलमा चौका र अन्तिम बलमा दुई रन बटुल्दै श्रीलंकालाई फाइनल पुर्याए ।

पाकिस्तानका लागि ईफ्तिखार अहमदले ३ तथा शाहिन शाह अफ्रिदीले २ विकेट लिए । शादब खानले १ विकेट आफ्नो नाममा गरे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाएर २ सय ५२ रन बनाएको हो । डकवर्थ लुईस पद्दती अनुसार श्रीलंकाले २ सय ५२ रनकै लक्ष्य पाएको थियो ।

पाकिस्तानका लागि मोहम्मद रिजवानले अविजित ८६ रन र मोहम्मद शफिकले ५२ रन बनाएर अर्धशतकीय ईनिङ खेले । ईफ्तिखार अहमदले ४३ रन बनाउदा कप्तान बाबर अजामले २९ रन बनाए ।

श्रीलंकाका लागि मथिसा पथिरानाले ३ तथा प्रमोद मधुशनले २ विकेट लिए । साबिकको विजेता श्रीलंकाले आईतबार भारतसकसँग उपाधीको लागि खेल्ने छ ।

सम्बन्धित खवर