एशिया कप क्रिकेट : भारतमाथि बंगलादेशको रोमाञ्चक जित - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एशिया कप क्रिकेट : भारतमाथि बंगलादेशको रोमाञ्चक जित

भदौ ३०, काठमाडौं । एसीसी एसिया कपको अन्तिम सुपर फोर खेलमा भारत माथि बंगलादेशले रोमाञ्चक जित हासिल गरेको छ ।

शुक्रबार श्रीलंकको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा भएको खेलमा भारतमाथि ६ रनको जित हासिल गरेको हो ।

बंगलादेशले दिएको २ सय ६६ रनको लक्ष्य पछ्याएको भारत ४९ दशमलब ५ ओभरमा २ सय ५९ रन बनाएर अलआउट भयो ।

भारतका लागि ओपनर शुभमन गिलले १ सय २१ रनको शतकिय पारी खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् । यस्तै अक्षर पटेलले ४२ तथा सुर्यकुमार यादवले २६ रन बनाए ।

बंगलादेशका लागि मुस्ताफिजुर रहमानले ३ तथा तन्जिम हसन र महिदी हसनले समान २/२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६५ रन बनाएको थियो ।

बंगलादेशका लागि कप्तान शाकिब अल हसनले ८० रनको अर्धशतकीय ईनिङ खेलेका थिए । यस्तै टोहिद हृदयले ५४ रन, नसुम अहमदले ४४ तथा मेहदी शसनले २९ रन बनाए ।

भारतका लागि शार्दुल ठाकुरले ३ तथा मोहम्मद सामीले २ विकेट लिए । भारतलाई पराजित गरेको बंगलादेशले एसिया कपको सुखद अन्त्य गरेको छ । हारका बाबजुत भारत विजेताको रुपमा फाइनल पुगेको छ ।

भारतले उपाधीका लागि आइतबार घरेलु टोली श्रीलंकासककंग खेल्ने छ ।

सम्बन्धित खवर