झापाको शिवसताक्षीमा भेट्रान कप फुटबल प्रतियोगीता हुने - Mangsebung News
  • शुक्रबार, बैशाख २८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापाको शिवसताक्षीमा भेट्रान कप फुटबल प्रतियोगीता हुने

भदौ ३०, शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा प्रथम नगरस्तरीय भेट्रान कप फुटबल प्रतियोगीता हुने भएको छ ।

नगरपालिकाको वडा नं ३ को भेट्रान क्लबले प्रथम नगरस्तरीय भेट्रान कप फुटबल प्रतियोगीता आयोजना गर्ने भएको हो । आज पाराबारी बजारमा आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतियोगिताका बारेमा दिइएको हो ।

बडादशैंको अवसर पारी आयोजना गरिएको प्रतियोगिता आगामी असोज २४ देखि ७ दिन सम्म स्थानिय भानु मा. वि. को खेल मैदानमा संचालन हुने क्लबका अध्यक्ष मनकुमार लिम्बु(तारा)ले जानकारी दिए ।

प्रतियोगितामा झापा जिल्लाका नगरहरू मेचीनगर, भद्रपुर, बिर्तामोड ,कन्काई, दमक, आयोजकको तर्फबाट २ टिम र मोरङको उर्लाबारी नगरपालिकाको अतिथि टिम सहित ८ वटा टिमको सहभागिता रहने आयोजकले जानकारी दिए ।

प्रतियोगिताको बिजेताले नगद ५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र र उपविजेताले नगद ३० हजार सहित ट्रफि, मेडल र प्राप्त गर्नेछ । साथै विधागत पुरस्कार प्रत्येक खेलबाट म्यान अफ दि म्याच, वेष्ट स्कोरर, वेष्ट किपर र म्यान अफ दि सिरिजलाई समेत ट्रफि मेडल र प्रमाणपत्र सहित नगद पुरस्कार प्रदान गरिने वडाका जनप्रतिनिधि समेत रहेका खेल संयोजक लासाङ दोर्जे तामाङ्ले वताए ।

इन्ट्री फि निशुल्क गरिएको सो प्रतियोगिताको प्रथम पुरस्कार राशी वडा कार्यलयले उपलब्ध गराउने सोही वडाका वडाध्यक्ष भाष्कर न्यापानेले आयोजित पत्रकार सम्मेलनमा प्रतिबद्दता व्यक्त गरे । दोस्रो पुरस्कार राशी भने हाल वैदेशिक रोजगारमा रहेका स्थानीय समाजसेवी डम्बर पयाड्ंगुले उपलब्ध गराएको आयोजकले जानकारी दिए ।

नगरहरुबिचको आन्त सम्बन्ध सुमधुर बनाउने, सामाजिक सद्भाव कायम राख्ने र लागु औषध न्युनिकरण गर्ने उदेश्य राखी सो प्रतियोगिता आयोजना गरिएको अध्यक्ष लिम्बुले बताए ।

सम्बन्धित खवर