एसिसि एशिया कप क्रिकेटको उपाधि भारतलाई - Mangsebung News
  • शुक्रबार, बैशाख २८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एसिसि एशिया कप क्रिकेटको उपाधि भारतलाई

भदौ ३१, काठमाडौं । एसिसि एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ ।

आइतबार भएको फाइनल खेलमा श्रीलंकालाई १० विकेटले हराउँदै भारतले एसिया कप क्रिकेटको उपाधि जितेको हो । यो जितसँगै भारतले सबैभन्दा धेरै आठौं पटक एसिया कपको उपाधि जितेको छ ।

फाइनलमा प्राप्त ५१ रनको झिनो लक्ष्य भारतले मात्र ६ ओभर १ बलमा बिना विकेटको क्षतीमा पुरा गर्यो । भारतका लागि इशान किशनले २३ र शुभमन गिलले २७ रन बनाए ।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका १५ दशमलब २ ओभरमा ५० रन बनाउँदै अलआउट भयो ।

श्रीलंकाका लागि कुशल मेन्डिसले १७ तथा दुशान हेमन्थाले १३ रन बनाए । श्रीलंकाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भारतका लागि मोहमद सिराजले ७ ओभरमा २१ रन खर्चिएर ६ विकेट लिए । ओडिआई करियरमा सिराजको यो उत्कृष्ट बलिङ फिगर हो । हार्दिक पान्ड्याले ३ तथा जसप्रित बुमराहले १ विकेट लिए ।

सम्बन्धित खवर