च्याम्पियन्स लिग : बार्सिलोनाको सानदार विजयी सुरुवात - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

च्याम्पियन्स लिग : बार्सिलोनाको सानदार विजयी सुरुवात

असोज ३, माङसेबुङ । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले आफ्नो पहिलो खेलमा फराकिलो जित निकाल्दै सानदार विजयी सुरुवात गरेको छ ।

मंगलबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले बेल्जियम क्लब रोयल एन्टवर्पलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

बार्सिलोनाको जितमा जोआओ फेलिक्सले दुई तथा रोबर्ट लेवान्डोस्की र गाभीले समान १ गोल गरे ।

बार्सिलोनाले खेलको ११ औं मिनेटमा फेलिक्सको गोलमार्फत अग्रता लिएका थिए । खेलको १९ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको गोल अन्तरलाई दोब्बर बनाएका थिए ।

बार्सिलोनाले २२ औं मिनेटमा बाटेइलीमार्फत आत्मघाती गोल उपहार स्वरुप पाएको थियो । ५४ औं मिनेटमा गाभीले र ६६ औं मिनेटमा फेलिक्सले ब्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई फराकिलो जित दिलाए ।

फेलिक्स यसै सिजन एट्लेटिको मड्रिडबाट बार्सिलोनामा अनुबन्धित भएका हुन् ।

जितसँगै समूह एच मा बार्सिलोना शीर्ष स्थानमा छ । पराजित एन्टवर्प चौथो स्थानमा रहेको छ ।

सोही समूहको अर्को खेलमा एफसी पोर्टोले सख्तर डोनेस्कलाई ३–१ गोल अन्तरले हराउँदै महत्वपुर्ण तीन अंक जोडेको छ ।

 

सम्बन्धित खवर