पत्रकार भण्डारी र आङथुपोलाई सशिकला स्मृति पुरस्कार - Mangsebung News
  • आइतबार, साउन ०५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पत्रकार भण्डारी र आङथुपोलाई सशिकला स्मृति पुरस्कार

असोज ३, इलाम । पत्रकार भगिरथ भण्डारी र लेखक एवम् पत्रकार चेतन आङथुपोलाई जनयुद्धकी सहिद सशिकला शर्माको स्मृतिमा स्थापना गरिएको ‘सशिकला स्मृति पुरस्कार’ प्रदान गरिएको छ ।

संविधान दिवसको अवसरमा बुधबार सदरमुकाममा आयोजित कार्यक्रममा सहिद स्मृति प्रतिष्ठान इलामले स्थापना गरेको उक्त पुरस्कार भण्डारी र आङथुपोलाई प्रदान गरिएको हो । दूबैजनाले सात÷सात हजारको चेक र सम्मानपत्र प्राप्त गरेका छन् ।

प्रतिनिधिसभा सदस्य महेश बस्नेत, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कुलप्रसाद साँवा कुशल, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेललगायतले भण्डारी र आङथुपोलाई दोसल्ला, सम्मानपत्र र चेक हस्तान्तरण गरे ।

एक दशकदेखि पत्रकारितामा क्रियाशील भण्डारी स्थानीय सन्दकपुर अनलाइनका सम्पादक र राजधानी दैनिकका इलाम संवाददाता हुन् । लेखक तथा पत्रकार आङ्थुपो स्थानीय चुलाचुली मिडिया अनलाइनका सम्पादक हुन् ।

यसअघि सो पुरस्कारबाट मातृभाषी पत्रकार रीता राराहाङ पुरस्कृत भएकी थिइन् ।

प्रतिष्ठानकी अध्यक्ष टीका घिमिरेको अध्यक्षता, उपाध्यक्ष उर्मिला तामाङ चन्दाको स्वागत, सचिव जीवन शर्माको संचालनमा रहेको कार्यक्रममा सहिद सशिकला शर्माको बारेमा सहसचिव गन्जु प्रधानले चर्चा गरेका थिए ।

सम्बन्धित खवर