साफ यू–१९ च्याम्पियनसिप आजबाट, नेपालले पाकिस्तानको सामना गर्दै - Mangsebung News
  • आइतबार, बैशाख ३०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साफ यू–१९ च्याम्पियनसिप आजबाट, नेपालले पाकिस्तानको सामना गर्दै

असोज ४, काठमाडौं । आज बिहीबारबाट काठमाडौं स्थित दशरथ रंगशालामा साफ यू–१९ फुटबल च्याम्पियनसिप सुरु हुदैछ ।

प्रतियोगितामा साफ रिजनका ६ टोली सहभागी छन् । बिहीबारबाट सुरु हुने प्रतियोगिता असोज १३ गतेसम्म हुनेछ ।

नेपालले आज बिहिबार पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल रहेको समूहमा पाकिस्तान सहित माल्दिभ्स समेत रहेको छ । समूह बीमा भारत, भुटान र बंगलादेश रहेका छन् ।

यू–१९ को फुटबल टिमलाई राष्ट्रिय टिम निर्माणको महत्वपुर्ण स्रोत मानिएको नेपाली टिम जियारत शेखको कप्तानीमा मैदान उत्रन्दैछ । सुनिल श्रेष्ठ नेपाली टिमको मुख्य प्रशिक्षक रहेका छन् ।

सम्बन्धित खवर