साफ यु–१९ च्याम्पियनसिप : बंगलादेशमाथि भारतको सहज जित - Mangsebung News
  • सोमबार, बैशाख २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साफ यु–१९ च्याम्पियनसिप : बंगलादेशमाथि भारतको सहज जित

असोज ४, काठमाडौं । साविक विजेता भारतले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१९ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्धघाटन खेलमा बंगलादेशलाई ३–० गोल अन्तरले हराउँदै भारतले विजयी सुरुवात गरेको हो ।

भारतको जितमा ग्वामसर गोयरे, नोबा मेटेइ र अर्जुन सिंह ओनामल गोल गरे । गोयरेले खेल सुरु भएको ३३ सेकेन्डमै गोल गरेका थिए ।

यस्तै पहिलो हाफको इन्जुरी समयमा नोबा मेटेइको गोलमा अग्रतालाई दोब्बर बनायो । निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा अर्जुन सिंह ओनामले गोल गर्दै भारतले सहज जित दिलाए ।

जितसँगै भारतले समूह ‘बी’ मा तीन अंक जोडेको छ । सेमिफाइनलमा स्थान बनाउन भारतलाई अब भुटानविरुद्ध बराबरीको नतिजा पर्याप्त हुनेछ ।

बंगलादेश भने आफ्नो दोस्रो खेलमा दबाबमा हुनेछ । शनिबार भुटानविरुद्ध हार ब्यहोरे बंगलादेश प्रतियोगिताबाट बाहिरिनेछ ।

सम्बन्धित खवर