साफ यु–१९ च्याम्पियनसिप : पाकिस्तानसँग नेपाल पराजित - Mangsebung News
  • सोमबार, बैशाख २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साफ यु–१९ च्याम्पियनसिप : पाकिस्तानसँग नेपाल पराजित

असोज ४, काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१९ च्याम्पियनसिपमा घरेलु टोेली नेपालले हारबाट सुरुवात गरेको छ ।

बिहिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमै पाकिस्तानसँग १–० गोल अन्तरले पराजित हुर्दै नेपालले प्रतियोगिता हारबाट सुरुवात गरेको हो ।

पाकिस्तानको जितमा अली जफरले गरेको एक मात्र गोल निर्णायक बन्यो । ७६औं मिनेटमा जफरले करिब ३० यार्डबाट गरेको प्रहारले सिधै जाली चुमेको थियो ।

जितसँगै समूह ‘बी’ को पाकिस्तानले तीन अंक जोडेको छ । अब पाकिस्तानले शनिबार तथा नेपालले सोमबार माल्दिभ्सको सामना गर्नेछन् ।

सम्बन्धित खवर