एसियाली खेलकुदमा भियतनामसँग नेपाल पराजित - Mangsebung News
  • सोमबार, बैशाख २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एसियाली खेलकुदमा भियतनामसँग नेपाल पराजित

असोज ५, काठमाडौं । नेपाल चीनमा जारि १९ औं एसियाली खेलकुद अन्तरगत महिला फुटबलमा भियतनामसँग पराजित भएको छ ।

शुक्रबार विनझाउ स्पोर्टस सेन्टर रंगशालामा भएको समूह ‘डी’ अन्तर्गतको खेलमा भियतनामसँग २–० गोल अन्तरले नेपाल पराजित भएको हो ।

भियतनामलाई जित दिलाउन पाम हाइ यन र एनगुयन हाङ्गले गोल गरे । नेपालले दुवै गोल दोस्रो हाफमा व्यहोरेको हो ।

खेलको ५३औं मिनेटमा यानको गोलमार्फत भियतनामले अग्रता लिएको थियो । यस्तै खेलमो ६४औं मिनेटमा हाङ्गले गोल गर्दै भियतनामलाई २–० को जित दिलाइन् ।

अब नेपाललले सोमबार जापानको सामना गर्नेछ ।

सम्बन्धित खवर