क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित - Mangsebung News
  • सोमबार, बैशाख २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित

असोज ६, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द पुनः निर्विरोध निर्वाचित भएका छन् ।

शनिवारको चुनावी साधारणसभामा अध्यक्ष पदका अर्का उम्मेदवार विनय राज भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि चन्द निर्विरोध निर्वाचित भएका हुन् । उनी तेस्रो पटक अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

यसैगरी उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्ष पदम खड्का सर्वसम्मत भएका छन् । सचिवमा पूर्व कप्तान पारस खड्का र पूर्व सदस्य प्रशान्तविक्रम मल्लबीच प्रतिस्पर्धा हुने भएको छ ।

सचिवमा दुई दाबी परेपछि चुनाव हुने पक्का भएको हो । चन्द खड्कालाई साथमा राख्दै आगामी चार वर्ष सफल बनाउन चाहन्छन् । तर, मल्ल समेत पछिल्लो चार वर्ष चन्दको साथमै थिए ।

क्यानको चुनावमा कुल ८४ मत छ । प्रमुख पद जित्न ४३ मत आवश्यक पर्दछ ।

 

सम्बन्धित खवर