हक्चातको १४ औं स्थापना दिवस तथा किरण थोप्रा स्मृति भलिबल प्रतियोगिता सम्पन्न - Mangsebung News
  • सोमबार, बैशाख २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हक्चातको १४ औं स्थापना दिवस तथा किरण थोप्रा स्मृति भलिबल प्रतियोगिता सम्पन्न

असोज ६, माङसेबुङ । किरात साम्यो हक्चात यक्चुमको १४ औं स्थापना दिवस तथा गुरु आश्रम सेवक किरण थोप्रा स्मृति भलिबल प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।

१० टिम सहभागि रहेको खेलकुद कार्यक्रममा मिक्लाजुङ कुरुम्बा टोलीलाई पराजित गर्दै विवाइसी दमक झापाले उपाधि चुमेका छन् । विजेता टिमले ट्रफिसँगै नगद १५ हजार सहित मेडल प्रमाणपत्र र उप विजेता टिमले ट्रफिसँगै नगद १० हजार सहित मेडल प्रमाणपत्र प्राप्त गरेका छन् ।

शुक्रबार सुरु भएको भलिबल प्रतियोगिताको प्रमुख अतिथि गुरु सुपुत्र नाम्बिनहाङ लिङदेन लगायत किरात धार्मिक संघ संस्थाका प्रतिनिधि र स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

ताप्लेजुङको फाकुम्बामा वि.स. २०४२ साल पुस २६ गते जन्मिएका स्व. किरण थोप्रा (खगेन्द्र) निजी गुरु आश्रममा गुरु सेवकको रुपमा लामो समय कार्यरत थिए । उनको देहान्त वि.स. २०६८ साल जेठ १४ गते भएको थियो ।

स्थापना दिवस तथा खेलकुद कार्यक्रम माङसेबुङ ५ स्थित आत्मानन्द रंगशालामा किरात साम्यो हक्चात यक्चुमको अध्यक्ष मनकुमार आङबुहाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर