बंगलादेशलाई हराउँदै भुटान साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा - Mangsebung News
  • सोमबार, बैशाख २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बंगलादेशलाई हराउँदै भुटान साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा

असोज ६, काठमाडौं । भुटान काठमाडौंमा जारी साफ यू–१९ फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरको छ ।

शनिबार दशरथ रंगशालामा भएको समूह चरणको खेलमा बंगलादेशमाथि ४–३ को पुनरागमन जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरको हो ।

भुटानलाई जित दिलाउन जिग्मे नामग्यालले २ गोल तथा किन्जांग तेनजिन र रिन्जिन डोर्जेले एक एक गोल गरे । बंगलादेशका लागि रुबेल शेख, असदुल मोला र राजु अहमद जिसानले एक एक गाले फर्काए ।

सुरुआतमा २–० ले पछि परेको नतिजालाई उल्ट्याउँदै भुटानले बंगलादेशमाथि रोमाञ्चक जित दर्ता गर्यो ।

पहिलो खेलमा भारतसँग हारेको बंगलादेश दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगिताबाट बाहिरिने बंगलादेश पहिलो टिम समेत बनेको छ ।

समुह विजेता बन्न समूह चरणको अन्तिम खेलमा भुटान र भारतले प्रतिस्पर्धा गर्नेछन् ।

सम्बन्धित खवर