असोज ७, दमक । दमक नगरपालिकाद्वारा सञ्चालित उर्जाशील महिला बचत समूहको दोस्रो साधारण सभा सम्पन्न भएको छ ।
दमक नगरपालिका २ का वडा अध्यक्ष प्रजापति सापकोटाको प्रमुख आतिथ्यमा शनिवार दमक–२ स्थित शहिद हरी नेपाल स्मृति भवनको सभाहलमा सभा सम्पन्न भएको हो ।
सभामा समूहका उपाध्यक्ष निलम गुराँगाई र कोषाध्यक्ष मनु साङपाङले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
वडा नम्बर २ मा रहेका सम्पूर्ण महिलाहरुलाई सङ्गठित बनाई नियमित बचत गर्ने, विश्वसनीय कारोबार साथै महिलाहरुको क्षमता र व्यक्तित्व विकास गरी आत्मनिर्भर बनाउने उदेश्य रहेको समूहको सेयर सदस्य सङ्ख्या ७८ जना रहेको छ । सेयर पुँजी एक सय रहेको छ । कूल ऋणी सङ्ख्या ११ जना रहेको समूहको मासिक बचत एक सय रहेको छ ।
समूहका अध्यक्ष कल्पना थापाको अध्यक्षतामा सेयर सदस्य सिर्जना तिम्सिनाले स्वागत गरेको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष मनु साङपाङको गरेकी थिइन् ।