नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

असोज ८, काठमाडौं । नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

दशरथ रंगशालामा सोमबार भएको खेलमा माल्दिभ्समाथि ४–१ गोल अन्तरले सानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

नेपाललाई जित दिलाउन समिर तामाङले २ तथा प्रशान्त लक्सम र निराजन धामीले एक एक गोल गरे । यात माल्दिभ्सका लागि भने लायन रसिदले एक मात्र सान्तवना गोल फर्काए ।

जितसँगै नेपाल समूह उपविजेताको रुपमा अन्तिम चारमा स्थान पक्का गरेको छ । माल्दिभ्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।

खेलको १७ औं मिनेटमा प्रशान्त लक्समले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । डिबक्स भन्दा निकै टाढाबाट प्रशान्तले प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।

यसैगरि खेलको ३० औं मिनेटमा समिर तामाङले गोल गर्दै नेपालको अग्रतालाई दोब्बर बनाएका थिए ।

खेलको ५८ औं मिनेटमा लायन रसिदले गोल गर्दै माल्दिभ्सलाई खेलमा फर्काउने कोशिश गरेका थिए । तर खेल सकिन दुई मिनेट बाँकी छदाँ निराजन धामीले गोल गर्दै नेपाललाई ३–१ को अग्रता दिलाए ।

खेलको हाफको इन्जुरी समयमा समिर तामाङले ब्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई फराकिलो जित दिलाए ।

पहिलो खेलमा पाकिस्तानसँग पराजित बनेको नेपाललाई सेमिफाइनलमा स्थान बनाउन माल्दिभ्समाथि जित निकाल्नै पर्ने दबाब थियो ।

सम्बन्धित खवर