असोज ८, काठमाडौं । चीनमा जारी १९औं एसियन गेम्स अन्तर्गत महिला फुटबलको दोस्रो खेलमा पूर्व विश्वकप विजेता जापानसँग पराजित भएको छ ।
सोमबार विनझाउ स्पोर्टस सेन्टर रंगशालामा भएको खेलमा जापानसँग ८–० को अन्तरले पराजित भएको हो ।
समूह ‘डी’ अन्तरगत लगातार दोस्रो पराजय व्यहोरेसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । पहिलो खेलमा नेपाल भियतनामसँग २–० ले पराजित भएको थियो ।
नेपालले पहिलो पटक जापानको सामना गरेको हो । नेपालले तेस्रो तथा अन्तिम खेलमा बंगलादेशको सामना गर्नेछ ।