भुटानलाई हराउँदै पाकिस्तान यू–१९ साफ च्याम्पियनसिपको फाइनलमा - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भुटानलाई हराउँदै पाकिस्तान यू–१९ साफ च्याम्पियनसिपको फाइनलमा

असोज १०, काठमाडौं । पाकिस्तान काठमाडौंमा जारि यू–१९ साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार दशरथ रंगशालामा भएको खेलमा भुटानलाई सडनडेथमा ६–५ ले हराउँदै पाकिस्तान फाइनल प्रवेश गरेको हो ।

सडनडेथमा पाकिस्तानका कमिल अहमद खान गोल गर्दै पाकिस्तानलाई फाइनलको यात्रा तय गराए ।

निर्धारित ९० मिनेटको समय गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा समेत दुवै टोलीबाट समान ५ गोल भएपछि निर्णय सडनडेत्थमा पुगेको थियोे ।

पहिलो पटक साफ यू–१९ को फाइनल पुगेको पाकिस्तानले उपाधिका लागि भारत र नेपालबीचको विजेतासँग खेल्नेछ ।

 

सम्बन्धित खवर