यू–१९ साफ च्याम्पियनसिपको सेमिफाईनलमा भारतसँग नेपाल पराजित - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यू–१९ साफ च्याम्पियनसिपको सेमिफाईनलमा भारतसँग नेपाल पराजित

असोज १०, काठमाडौं । नेपाल यू–१९ साफ च्याम्पियनसिपको सेमिफाईनलमा भारतसँग पराजित भएको छ ।

बुधबार साँझ दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा नेपाल टाईब्रेकरमा भारतसँग ३–२ गोल अन्तरले पराजित भएको हो ।

जित सँगै भारत प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भारतले उपाधिकालागि पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

भारतका लागि खेलको २६ औं मिनेटमा शाहिल खुर्सिदले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

तर खेलको ७४ औं मिनेटमा समिर तामाङले गर्दै नेपाललाई बराबरीमा फर्काएका थिए ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा गरिएको थियो ।

सम्बन्धित खवर