एसियन गेम्स फुटबलमा बंगलादेशसँग नेपालको बराबरी - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एसियन गेम्स फुटबलमा बंगलादेशसँग नेपालको बराबरी

असोज ११, काठमाडौं । नेपाली महिला फुटबल टिमले १९ औं एसियन गेम्स फुटबलमा बंगलादेशसँग बराबरी खेलेको छ ।

नेपालले बिहीबार भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको हो ।

खेलको ४४ औं मिनेटमा बंगलादेशले फरवार्ड सविना खातुनको गोलमा अग्रता लिएको थियो । हार तर्फ उन्मुख नेपालका लागि रेखा पौडेलले ८३ औं मिनेटमा बराबरी गोल फर्काएकी थिईन् ।

नेपालले यसअघिको समूह चरणका दुवै खेलमा हार ब्यहोरेको थियो । एसियन गेम्समा एक अंक बटुल्दै नेपाली महिला फुटबल टिम प्रतियोगिताबाटै बाहिरिएको छ ।

 

सम्बन्धित खवर