हङकङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुदैं - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हङकङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुदैं

असोज १२, काठमाडौं । याक्थुङ हाक्पारे पालाम सयङ हङकङकोे आयोजनामा हङकङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ ।

भोली शनिबार हङकङ स्थित याक एन्ड यति रेस्टुरेन्ट बारमा ‘हाक्पारे पालाम साँझ’ हुने भएको हो ।

कार्यक्रमको प्रमुख आकर्षणका रुपमा चर्चित गायक तथा संगीतकार ताराप्रकाश लिम्बू, गायिका निरन्ता नेम्बाङ र हाक्पारे गायक अम्मरजङ लिम्बुको विशेष प्रस्तुति रहने याक्थुङ हाक्पारे पालाम सयङ हङकङका अध्यक्ष त्रिभुवन लुम्फुङवाले बताए ।

लिम्बू झाँकी प्रदर्शन, लिम्बु परिकारहरुको प्रदर्शन समेत गरिने पालाम साँझमा कार्यक्रम सञ्चालन भने सञ्चारकर्मी विश्व लिम्बुले गर्ने सयङका अध्यक्ष लुम्फुङवाले बताए ।

सम्बन्धित खवर